२४ फागुन,काठमाडौं ।
गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार देखि हल्का खाना खान दिन थालिएको अस्पताल स्रोतले जनाएको छ । शुक्रबार देखि हिँडडुल गराउन थालिएको छ ।अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् ।यस्तै ओलीलाई सामान्य हिँडडूल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच प्रधानमन्त्रीलाई मृर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ ।