२१ जुन सिड्नी ।
नेपाली टिभी अष्ट्रेलियाले गैर आबासीय नेपाली संघ अष्ट्रेलियाको आउदो निर्बाचनको सन्दर्भमा आयोजना गरेको खुल्ला बहसमा अष्ट्रेलियाका एनआरएनहरुको न्युन सहभागीता थियो ।
बहस आउदो निर्बाचनलाई लक्षित गर्दै एनआरएनए अष्ट्रेलियाका प्रत्यासी उमेद्दवारहरुको ठोस योजना र आम बिध्यार्थीहरुको समस्या माथि एनआरएनए अष्ट्रेलियाले कसरी र कस्तो किसिमको भुमिका खेल्नुपर्छ भन्ने बिषयमा केन्द्रित रहेको थियो । यस्तै केहि उमेद्दवारहरुले प्रश्नको जवाफ दिएका थिए । एनएसडब्लु बाट संयोजक पदका प्रत्यासी उमेद्दवारहरु मोहनदेब भट्ट,डिलाराम खरेल र देब गुरुङ,एनएनडब्लु युवा संयोजक पदका उमेद्वार बिधान पाण्डे,एनसिसि कोषाध्यक्ष अनिल पोख्रेल,एनसिसि युबा संयोजक पदका उमेद्दवार बिनोद पौडेल र बिजय पौडेलले प्रश्नकर्ताको जवाफ दिएका थिए भने आफ्नो उमेद्वारी किन र केका लागि भन्ने बिषयमा प्रष्ट पारेका थिए ।
केहि उमेद्दवार माथि अन्य सस्थाको पदमा अझै रहेको लगायतका बिषयमा लागेका आरोपका बारेमा प्रश्न गरिएको थियो भने,प्रश्नको खुलस्त रुपमा जवाफ दिएका थिए । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका महासचिब पदका प्रत्यासी उमेद्दवार संतोष दाहाल र ज्ञानेन्द्र रेग्मीले प्रश्नको जवाफ संगै एजेन्डा समेत राखेका थिए । यस्तै एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पदका उमेद्दवारहरु केशब कडेल,दिनेश पोख्रेल र नन्द गुरुङले समेत प्रश्नको जवाफ दिदै आफ्ना एजेण्डा पेश गरेका थिए । अध्यक्ष पदका उमेद्दवार गुरुङलाई बिध्यार्थीहरुले एनआरएनएए प्रति असन्तुष्टी जनाएका छन्,संस्थाले गर्ने काम बारे र संस्था बारे एनआरएनए अष्ट्रेलियाले बुझाउन नसकेको हो या त बिध्यार्थीहरुले बुझ्न नसकेको या त बुझ्न नचाहेको हो,अब बिध्यार्थीहरु संग कसरी हातेमालो गरेर अघि बढ्नुहुनेछ भन्ने प्रश्न गरिएको थियो । जुन प्रश्नको जवाफमा केहि कुरा बिध्यार्थीहरुले बुझ्न नसकेको र केहि हामीहरुले बुझाउन नसकेको स्विकार्दै दुबै पक्षको कमीकमजोरी रहेको बताए ।एनआरएनए अष्ट्रेलियाका निर्बाचनका लागि दर्ता गरिएको उमेद्दवारीको दाबी बिरोध र उमेद्वारी फिर्ता लिने समय आज राती ११ बजेर ५९ मिनेटमा सकिदैछ । यदी अध्यक्ष पदका तीन उमेद्दवार मध्ये कसैले उमेद्दवारी फिर्ता नलिएमा तीनै जनाले चुनाब भिड्ने छन् । केहि स्थानमा केहि पदमा भने निर्बिरोध भैईसकेको अध्यक्ष पदका उमेद्दवार केशब कडेलले कार्यक्रममा जानकारी समेत गराएका थिए ।
एनआरएनए अष्ट्रलियाको आउदो निर्बाचनका सन्दर्भमा महासचिब पदका उमेद्दवार मध्येका ज्ञानेन्द्र रेग्मी र संतोष दाहाल लगायत अध्यक्ष पदका प्रत्यासी उमेद्दवारहरु केशब कडेल,दिनेश पोख्रेल र नन्द गुरुङ एनआरएनए अष्ट्रेलियाका भाबि योजना र निर्बाचनका सन्दर्भमा आफ्ना बिचार ब्यक्त गर्दै !
Posted by Nepali TV Australia on Thursday, June 20, 2019