राजनीतिक प्यानल बनाएर चुनाव लड्न एनआरएनले रोक्यो ! अष्ट्रेलियामा भने कायमै

काठमाडौं,

गैरआवासिय नेपाली संघ (एनआरएन) ले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको छ । एनआरएनमा राजनीतिक र जातीय प्रभाव पर्न थालेको टिकाटिप्पणी भइरहेको बेला संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार गर्दै यस्तो कार्यमा रोक लगाएको हो ।

नियमावलीको बुँदा नम्बर ५.१० मा भनिएको छ, ‘राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचार गर्न पाइने छैन ।’

नियमावलीमा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषद्का सबै सदस्य उम्मेदवारले संघको आचारसंहितामा यसबारे लिखित प्रतिबद्धता गरी उम्मेदवारी फारमका साथमा पेश गर्नुपर्ने व्यवस्था गरिएको महासचिव बद्री केसीले जानकारी दिए ।

उनका अनुसार कुनै उम्मेदवार राजनीतिक जातीय वा धार्मिक संस्थाको कार्यकारी भूमिकामा रहेको भए सो पद त्यागेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ। यदी सो व्यवस्थाको उलंघन गरेको पाइए निर्वाचन समितिले छानबिन गरी मनोनयन रद्द गर्न सक्नेसम्मको व्यवस्था समेत गरेको छ ।

उता एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले पनि संस्थाको लोगो राखेर उमेद्दवारले प्रचार गरेमा स्बत:उमेद्दवारी रद्द हुने भन्दै सजग गराएका छन् । घोतानेको सङकेत पछि पनि केहि उमेद्दवारहरुले संस्थाको लोगो राखेरै प्रचार गरिरहेका छन् भने केहिले भने लोगो हटाएका छन् ।

अष्ट्रेलियामा जुलाई ६ मा हुने निर्बाचनको पुर्बसन्ध्यामा अधिकांस उमेद्दवारहरुले राजनैतिक प्यानलकै हिसाबमा आफुहरु उठेको र केहिले खुलम् खुल्ला रुपमा नै राजनैतिक रुपमा भोट माग्ने गरेको पाईएको छ । आफु फलानो राजनैतिक आस्था सहित चुनाबमा उठेकाले सो पार्टीलाई सहयोग गर्ना लागि नै भोट गर्न समेत आग्रह गर्ने गरेका छन् ।

अष्ट्रेलियाको चुनाबमा मुख्य दुई पार्टी नेपाली कांग्रेस नेपाल कम्युनिष्टको प्यानल बाट उमेद्दवार बनेका छन् । जुन कुरा केहि उमेद्दवार स्वयंम् स्विकार्छन् । एनआरएनए अष्ट्रेलियाको यो चुनाबमा अध्यक्षका लागि अहिले सम्म ३ जनाले उमेद्दवारी दिने घोषणा गरेका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।