नेपालमा फानीको प्रभाब आन्तरिक तर्फका सबै उडान बन्द,भारतका बिमान स्थल समेत बन्द

  NTV NPL

काठमाडौं ।

बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि शुक्रबार बिहानै देखि देखिएको छ । चक्रवात फानीका कारण काठमाडौं लगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर्फका सबै हवाई उडान रद्द भएका छन् । यद्यपि अन्तर्राष्ट्रियतर्फका उडान भने जारी छन् । अन्तर्राष्ट्रिय तर्फका उडानलाई समेत असर गर्न सक्ने देखिन्छ ।

यस्तै भारतका केहि ठुला बिमान स्थल समेत बन्द गरिएको खबर आईरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसममा आएको खराबीका कारण विहान १० बजेदेखि आन्तरिक तर्फका सबै उडान बन्द गरिएको जानकारी दिए ।

‘तत्कालै मौसममा सुधार आउने संभावना नरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ महाप्रवन्धक क्षेत्रीले  भने, ‘मौसम खराब भएकाले आन्तरिक तर्फका सबै उडान विहान १० बजेदेखि बन्द छन् ।’

अहिले नेपालमा अधिकांस क्षेत्रमा पानी परिरहेको छ । केहि बेर अघि काठमाण्डौमा ठुलो बर्षात भए पनि अहिले कम भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस्ः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।