मे मा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन

२२ मार्च सिड्नी ।
एनआरएनएन ओसेनियाले शुक्रबार साँझ सिड्नीमा औपचारिक रुपमा पत्रकार भेटघाट मार्फत् आफ्नो भाबी कार्यक्रम बारे जानकारी गराएको छ । एनआरएनएन ओसेनियाले यही मार्च ११ र १२ तारीखका दिन सिड्नीमा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन गर्ने भएको हो ।उक्त सम्मेलनमा २० देशका करिब तीन सयको हाराहारीमा प्रतिनिधिहरुको सहभागीता रहनेछ भने नेपाल बाट एक मन्त्रीको समेत सहभागीता हुनुका साथै स्थीय केहि शिर्ष नेताहरुको समेत उपस्थित हुनेछ । यद्दपी अहिले सम्म भिआईपी सहभागीहरुको नाम सार्बजनिक गरिएको छैन ।

कुल ८० हजार डलरको खर्चको आयोजनामा दुई दिने सम्मेलन सिड्नीको ह्यात रिजेन्सीमा हुनेछ । सम्मेलन नेपालमा आउदै गरेको भिजिट नेपाल २०२० लगायतका बैदेशिक लगानीका साथै नेपालको पर्यटन प्रबर्दधन लगायतको बिकास केन्द्रित मुद्दामा केन्द्रित हुने एनआरएनएन ओसेनिया संयोजक धर्मराज अधिकारी द्वारा जारी प्रेस बक्तब्यमा जानकारी गराईएको छ ।

पत्रकार भेटघाटमा एनआरएनएन ओसेनिया,अष्ट्रेलिया र एनएसडब्लु राज्यका पदाधिकारी बाहेक पत्रकारको संख्या अत्यतः न्युन देखीए । अष्ट्रेलियामा करिब डेढ लाख भन्दा बढी नेपालीको बसोबास रहे पनि एनआरएनको सदस्यता भने ८ हजार ३ सयले मात्र लिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।