दुई समलिङ्गी नेपाली युवालाई पार्टनर भिषा

सिड्नी ।

सिड्नीमा दुई नेपाली युवाहरुले समलिङ्गी भिषा पाएका छन् । उनीहरुले श्रीमान श्रीमती सरह बस्न पाइने पार्टनर भिसा पाएका हुन् । यो नेपाली समलिङ्गी युवाहरुलाइ अस्ट्रेलियन सरकार ले कानुनि मान्यता अनुसार भिसा दिएको पहिलो घटना पनि हो ।

अस्ट्रेलियन सरकारले गएको वर्ष मात्र समलिंगी बिवाह लाई मान्यता दिएको थियो । त्यसमा दुइ नेपाली समलिंगी युवाहरु पनि परेका छन् । २४ र २५ बर्सिय नेपालि युवाहरु सिड्नीमा संगै बस्न लागेको २ वर्ष भैसकेको थियो । काठमाडौंका जीवन र विकाश (नाम परिवर्तन) अध्ययनका लागि विद्यार्थी भिषामा दुई वर्षअघि सिड्नी आएका थिए ।

‘शारीरिक र भावनात्मक रूपमा त हामी एक थियौँ नै, अब कानुनी रूपमा समेत हामी एक भएका छौँ । योभन्दा खुशीको कुरा हाम्रो लागि यतिबेला अरु के होला ?’– दुवैले प्रसन्नता ब्यक्त गरे । २४ वर्षका जीवन र २५ वर्षीय विकास सिड्नीमा एकसाथ बस्दै आएका दुई वर्ष भैसकेको थियो ।

शारीरिक रूपमा दुवै केटा मान्छे हुन् तर सार्वजनिक रूपमा यी दुवै केटीको पहिरनमा हिँड्ने गर्छन् । आफूहरूको यो निर्णयबाट अभिभावक एवम् परिवारका सदस्यहरू पनि खुशी भएका उनीहरूले बताए ।पार्टनर भिसा प्राप्त गरेपछि यो जोडीले अन्य महिला र पुरूष जसरी श्रीमान–श्रीमतीको रूपमा एकै छानामुनि बसेर जीवन अगाडि बढाइरहेका छन् ।

बताइएअनुसार यो जोडीले अब श्रीमान–श्रीमतीको रूपमा पिआर वा यहाँको नागरिकता लिनका निम्ति प्रक्रिया अघि बढाउन सक्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।