सिड्नीका पिडीत बिध्यार्थीहरुलाई माईटिज मार्ट कोग्रामा सहुलियतको ब्यबस्था

सिड्नी, अष्ट्रेलिया

अष्ट्रेलियाका एआईबिटी र अन्य रजिस्टर नै नभएका कलेजहरुमा आएर दुख पाईरहेका हजार भन्दा बढी नेपाली बिध्यार्थीहरुको हकहीतका लागी यहॉं स्थित बिभिन्न संघ संथाहरुले कदम चाल्ने क्रम जारीछ। यसै बिच सिड्नीको कोग्रा स्थित नेपाली ग्रोसरी स्टोर, माईटिज मार्टले पनि सानो प्रयासको थालनी गरेकोछ।

पिडक कलेजको आईडी कार्ड लिएर स्टोरमा जाने बिध्यार्थीहरुलाई मार्टले १५ देखी २० प्रतिसत सम्म छुटको ब्यबस्था गरेकोछ। थोरै भएपनि आर्थीक भार कम गर्ने लक्ष्यका साथ यो कदम चालीएको माईटिज मार्टले प्रेस बक्तब्य मार्फत जानकारी गराएको छ। यसका साथै आउँदो आईतबार मार्च ३ तारीकलाई “स्टुडेन्ट मार्केट डे” नामकरण गरि उक्त दिन स्टोरमा सपिगं गर्न जाने बिध्यार्थीलाई भारी छुटको ब्यबस्था समेत गरेको कुरा माईटिज मार्ट ब्यबस्थापन टिमले जनाएकोछ।

स्मरण रहोस, अस्ट्रेलियामा रजिस्टर नै नगरी चलाईएका एआईबिटी र अन्य कलेजहरुमा हजार भन्दा बढी नेपाली बिध्यार्थी छन्। यहॉंको सरकार, नेपाली राजदुताबास, एनआरएन लगायत बिभिन्न नेपाली संस्थाहरुले बिध्यार्थीहरुको समस्या समाधानका लागी पहल गरिरहेकाछन्। तर निकास भने अहिलेसम्म कतैबाट पनि निस्किन सकेको छैन।कलेज र कन्सल्टेन्सीहरुले आ-आफ्नो बचाउ गरिरहेकाछन।आफ्नो भबिष्य अन्योलमा परेको भन्दै बिध्यार्थीहरु आक्रोशीत र त्रसित छन्।

प्रेस बक्तब्यको पुर्ण पाठ:-

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।