सबिन कार्की, सिड्नी
नेपालमा परिबर्तनका लागी ज्यान आहुति चढाउँदै डा गोबिन्द केसी १६औँ पटक अनसन बसिरहेको अवस्थामा सिड्नीमा पनि एक कार्यक्रमको आयोजना गरी केसीको आन्दोलनलाई प्रबासी नेपालीहरुले समर्थन र एक्बद्दता जनाए।
तोकिएको समय भन्दा आधा घन्टा ढिलो सुरु गरिएको उक्त कार्यक्रममा ब्यबसाई, समाजसेवी, पत्रकार, बिद्धार्थी र अबिभावकहरुको बाक्ले उपस्थिति देखिन्थ्यो। उपस्थित सबैले डा. केसीको आन्दोलनले एउटा दिर्घकालीन समाधान दिँदै भबिष्यमा फेरी पनि आन्सन बस्नु नपर्ने अबस्थाको सृजना गर्न सरकारलाई दबाब दिए।
कार्यक्रममा डा. केसिको आन्दोलनमा एेकेबद्दता जनाउँदै ब्यबसायी नन्द गुरुङ, डा। घनश्याम चापागाई,समाजसेवी डा. नारायण प्रधान लगातले यो नै अन्तिम लडाई हुनुपर्ने र सबै माग पुरा गर्दै सरकारले देशलाई नयॉं ढंगले अगी बढाउनुपर्ने कुरामा जोड दिए। हिँजो सदनमा पास गरिएको चिकित्सा बिधेकलाई झुटको खेतिको संज्ञा दिँदै सरकारले छिटै नै ठोस उपलब्धिमुलक निर्णय गर्दै केसीको जीवन रक्षा गर्नुपर्ने कुरा सहभागीहरुले बताए ।
डा. गोबिन्द केसीको अनसनको समर्थनमा अस्ट्रेलियामा नै आधा दर्वजन जति भन्दा बढी कार्यक्रम भै सकेको र भबिष्यमा यस्तो कार्यक्रम गर्नुपर्ने अबस्था आउन नदिन नेपाली राजदुताबास मार्फत नेपाल सरकारको ढोका घचघच्याईने कुरा कार्यक्रमका आयोजकहरुले बताए।
कार्यक्रममा उपस्थित पत्रकार सरल गुरुङले “म डा.केसीलाई समर्थन गर्दीन” भन्दै घुमाउरो रुपमा समर्थन जनाउँदा एकछिन सन्नाटा छाएको थियो। उपस्थित अबिभावकहरुले केसीको मागहरु पुरा गर्दै सरकारले देशमा सॉंच्चै नै नयॉं युगको थालनी गरिदिए आफ्ना छोरानातीले बिदेशमा आएर पसीना बगाउनु पर्ने बाध्यताकारी परिस्थितिबाट छुटकारा पाउन सकने तर्क प्रस्तुत गरे ।
उच्च तापक्रम र प्रचण्ड गर्मीका बाबजुत पनि ५० जना भन्दा बढी ब्यक्तीको उपस्थिति रहेको उक्त कार्यक्रममा राजदुताबासलाई बुझाउनका लागी उपस्थित सबैको हर्ताक्षर संकलन गरिएको थियो।सरकारले डा. केसीको माग पुरा नगरे सम्म प्रबासबाट सरकारलाई दबाब दिईने आयोजकले बताए।
भिडीयो :
अन्य तस्बिर:-