सबिन कार्की, सिड्नी
अस्ट्रेलियीको आप्रबासी भिषा नितिमा २०१९मा आउने ५ मुख्य परिवर्तनहरु:-
१.पार्टनर/डिपेन्डेन्ट भिषाको प्रोसेसिंग समय लम्बिने:-
गत नबेम्बरमा सीनेटबाट पारिवारिक हिंसा विधेयक पासभए संगै पार्टनर भिषाको स्पोन्सरसीप प्रमाणित भयपछी मात्र भिषा आवेदन दिनपाउने प्राबधान लागु भएकोछ। बाहिरी देशबाट हालिने आवेदनमा स्पोन्सर र डिपेन्डेन्टको अनिबानी र सम्बन्धको ईतिहॉंस मुल्यागंकन गर्ने प्रकृयामा आबेदन जाने हुदा भिषा प्रोसेसिंग समय पहिले भन्दा धेरै लाग्नेछ।२.अस्थाई अबिभाबक भिषामा नयॉं नियम:-
पहिले जस्तै यस वर्ष पनि अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दाहरूले आमाबाबुलाई विदेशबाट अष्ट्रेलियामा ल्याउन पाउनेछन। तर यो बर्ष देखी बर्षमा १५,000 जनालाई मात्र अउन दिने प्राबधानको थालनी गरिएकोछ। एकपटक स्वीकृत भएपछि भिषा भने ३ देखी पॉंच बर्ष सम्मकोलागी मान्य हुनेछ । नबिकरण गर्न मिल्ने यो भिषा लम्ब्यायर १० बर्ष भन्दा माथि भने लान पाईनेछैन।
३.बिदेशी बिद्यार्थीले देखाउनुपर्ने नगद रकममा बृद्धी:-
यो बर्षदेखी बिदेशी बिद्धार्थीले आबेदन दिँदा $२०,२९० नगदरहेको प्रमान पेस गर्नुपर्नेछ। यदी डिपेन्डेन्ट ल्याउने हो भने त्यसमा $७,१०० थपेर पर्माण पेस गर्नु पर्नेछ र एक बच्चा बराबर $३,०४० देखाउनुपर्नेछ।
४.स्पोन्सर गरेर कामदार ल्याउने कम्पनिको ट्याक्स रेकर्ड निरिक्षण गरिने:-
गृह बिभागले अस्ट्रेलियन ट्याक्स अफिस संग मिलेर ४५७/४८२ क्याागोरीका भिषा बाहकहरुको ट्याक्स रेकर्ड जॉंच गर्नेछ। बिदेशबाट ल्याईने कामदारहरुलाई तोके बमोजिमको तलब सुबिधा दिलाउनको लागी सरकारले यो नियम ल्याएको हो।
५.नयॉं उद्धमीहरुका लागी साउथ आस्ट्रेलियामा अवसर:-
आस्ट्रेलियाको साउथ आस्ट्रेलिया राज्यमा पहिलेको बिज्नेस भिषा भन्दापनि सजीलो नयॉं भिषाको थालनी गर्न लागिएकोछ। यो भिषाको लागी बिज्नेस भिषामा जस्तो $२००,००० देखाउनु पर्दैन र आएलटिएसमा प्रत्यक बिधामा मात्र ५ ल्याए पुग्छ। तर यो भिषा पाउनकोलागी आबेदक उद्धमीले राज्यलाई आफुले गर्नलागेको बिज्नेसको योजना र रणनीति बारेमा खुलाएर स्पस्टरुपमा जानकारी गराउनुपर्नेछ।