सिड्नी ।
बिहिबार सामाजिक संजाल फेसबुकमा नामरहित कसैले एनआरएन अष्ट्रेलियालाई अपशब्द समेत प्रयोग गरी सार्बजनिक भएको पोष्ट एकाएक भाईरल बनेको थियो ।डेढ लाख भन्दा बढी नेपालीको समुदाय रहेको देशमा कठिनले ८ हजार एनआरएनको सदस्य छन् । प्रायजसोः नेपाली बिध्यार्थीलाई खासै सहयोग गर्न नसकेको र आफ्नो व्यक्तिगत ब्यापारको प्रचार गर्ने थलो र नेपाल बाट कलाकार ल्याएर समाजसेवी र सेलिब्रेटी बन्ने होड एनआरएन भित्र रहेको भन्ने किसिमका आम समुदायको तर्क सुन्न बाध्य एनआरएन अष्ट्रेलियाले एक महिनामा तीन नेपाली बिध्यार्थीको बिभिन्न कारण अकल्पनिय निधनमा एनआरएनले एउटा बक्तब्य समेत जारी नगरेको भन्दै व्यक्त गरिएको आक्रोस पछि एनआरएन अष्ट्रेलियाले शुक्रबार बक्त्वय जारी गरेको हो ।प्रबक्ता डिला खरेलले जारी गरेको दूःखद् बक्तव्यमा हाँसो लाग्दो कुरा चाँहि के छ भने जारी बक्तव्यमा कुनैमा पनि मिति छैन । यस्तै निधन भएकाहरुको मिति समेत उल्लेख गरिएको छैन । यस्ले औपचारिकता पुरा गर्नका लागि मात्रै वक्तव्य निकालेको देखीन्छ कि कसो त प्रबक्ता ज्यु ? कि शोक बक्तव्यमा चाँहि मिति नचाँहिने हो र ?