अष्ट्रेलियामा नेपालीको इमान्दारिता,वाह ! निश्चल तिमीप्रति उच्च सम्मान

  SHYAM SUNDAR GIRI

सिड्नी ।
अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दो क्रममा छ । बिशेषतःउच्च शिक्षा हासिलका लागि सुनौलो भबिष्यको सपना देख्दै र बोक्दै जब टिआईए बाट पखेटा हालिन्छ तब जिन्दगीका बास्तबिकता सुरु हुन्छ ।सामाजिक संजालमा देख्दाको र आफैले भोग्दा अष्ट्रेलिया बिल्कुलै फरक छ । यस बारे अधिकांसले अनुभब पनि गरिसकेको हुनुपर्छ । यस्तै-यस्तै संघर्षका बाबजुद बिध्यार्थी काल पुरा गर्दै अष्ट्रेलियाको स्थायीबासी बनिन्छ तब मात्र आनन्दको स्वास फेर्न सकिएला,यहि दिनको तिब्र प्रतिक्षामा अष्ट्रेलियामा हरेक दिन,हरेक पल हामी संघर्ष गरिरहेका छौ अहोरात्र ।

अध्ययन र कामको समयको चाजोपाजो मिलाउदै कहिलेकसो मनोरन्जनमा सरिक नभएका कुरा भने होईनन् । कामलाई प्राथमिकता दिदै गर्दा अष्ट्रेलियामा नेपालीहरुले देखाएको ईमान्दारिकाको भने उच्च रुपमा सम्मान गर्नै पर्ने हुन्छ । केहि महिना अघि नरेस रुबालले देखाएको ईमान्दारिता पछि अहिले निश्चल घिमिरेले देखाएको ईमान्दारिताको कुनै लेखाजोखा नै गर्न सकिदैन,उनले आफ्नो ईमान्दारिताका बाबजुद आफ्नै जिबन सदाका लागि समर्पण गरे ।

गत हप्ता एडिलेडमा नेपाली बिध्यार्थी निश्चल घिमिरेले कामको शिलसिलामा आफ्नै जिवन समर्पण गरेका हुन् । उनी बोल्न नसक्ने एक बालकको अपाङ्ता सहायताकर्ता (Disability Support Worker) का रुपमा कार्यरत थिए । उनले साँझको समयमा बालकलाई डुलाउदै आफ्नो डियुटि गरिरहेका थिए । जब यि दुई समुन्द्र छेउको सडकमा गाडी रोकेर साँझको बेला समुन्द्र तटमा मन बहकाउदै थिए,तब उनको जिवनको ब्ल्याक कल सुरु भयो ।

निश्चलले हेर्ने गरेका १० बर्षका अटिज्म भएका( बोल्न नसक्ने सुस्त मनस्थिति) बालक जब नग्न अबस्थामा पानीले पुर्ण रुपमा भिजेको अबस्थामा सडक छेउको एक घरमा राती ढोका ढकढकाउन पुगे तब यस घटना बाहिर आउन सुरु भयो ।

‘शुरुमा एक नेपाली बेपत्ता, उनको जिम्मेवारीमा रहेका बोल्न नसक्ने वालक भिजेको र नग्न अवस्थामा मध्यरातमा कसैको ढोका ढक्ढक्याउदै गरेको अवस्थामा भेटिए’ भन्ने समाचार पढ्दा पढ्नेबित्तिकै निश्चल ‘गैरजिम्मेवार’ रहेछन कि भन्ने आशंका हुनु स्वभाविक हो । किनभने अष्ट्रेलियामा मान्छेसँग सम्बन्धित सेवालाई निकै संवेदनशिल मानिन्छ । कुनै मान्छेको जिम्मेवारी लिएर हिडेको मान्छेले हरेक अवस्थाको जानकारी सम्बन्धित संस्थाको आधिकारीक व्याक्तिलाई समय समयमा गराइरहनुपर्ने हुन्छ ।

निश्चलको मृत्युको खास कारण अहिलेपनि तथ्यगत रुपमा पत्ता लाग्न सकेको छैन । घटनाबारे जानकार रहेका निश्चल अब रहेनन्, उनीसँग रहेका केभिन बोल्न सक्दैनन् तर उनले केवल समुद्रतर्फमात्र देखाइरहन्छन् । घटनावारे जान्ने वा उनीहरुलाई देखेका कोही हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् । यसकारण केभिनकै संकेतमा केभिनलाई बचाउन खोज्दा निश्चलले आफ्नो जिवन समर्पणं गरेको अडकल गर्न सकिन्छ ।

उता निश्चलको कामप्रतिको लगनशिलता, उनको कार्यदक्षता, उनको मिलनसार व्यावहार र ६ महिनामा उनले केभिन नामका बालकको जीवनमा ल्याएको परिवर्तन र खुसीको उनका सुपरभाइजर, साथीहरु र उनले सहयोग गर्ने मानिसका परिवारजन सबैले मुक्तकण्ठले प्रसंसा गरिरहेका छन । केभिनकि आमाले त निश्चललाई केभिनले हालसम्म पाएकामध्येका सर्वोत्कृष्ट सपोर्ट वर्कर भनेकि छन् र ६ महिनामा निश्चल उनको परिवारको हिस्सा नै हुन सफल भएको भनेकी छिन् । केभिनकी परिवारले समेत निश्चललाई पौडन नजान्दा नजान्दैपनि आफ्नो जिम्मेवारीमा रहेका वालकलाई बचाउने क्रममा डुवेर प्राण त्यागेको बताएकी छिन् ।

एक टेलिभिजनमा समेत केभिनका बुबा र आमाले निश्चललाई हिरोको उपमा दिदै मर्माहत भएका छन् । यदाकदा केही अपबादबाहेक हुन त अष्ट्रेलियामा नेपालीहरुको छबि ‘इमान्दार’ र ‘मेहेनति’ नै भनेर चिनिएको छ । अष्ट्रेलियनहरुको यहि बुझाइमा एउटा बलियो इटा थपेर विदा भएका छन् निश्चल । निश्चल तिम्रो आत्माले शान्ति पाओस् !

(नेपाली टिभी अष्ट्रेलिया – सम्पादकीय)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।