बिग बास लिग छोडेर बंगलादेश उडे सन्दीप लामिछाने

सिड्नी ।
अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा राम्रो प्रदर्सन गर्दै मेल्बर्न स्टार्सलाई जिताउन सफल बनेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बिचमा नै बिग बास छोडेर बुधबार (केहि समय अघि) बंगलादेश उडेका छन् । उनको कुसल प्रदर्शनले उनी अहिले अष्ट्रेलियामा चर्चामा छन् । बिबिएल डेब्युपछि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको पछिल्लो समय चौतर्फी चर्चा भइरहेको छ ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको टिमले मंगलबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई सात विकेटले हरायो । दुई खेलमा विजयी भएको सन्दीपको टिम जित सँगै तेस्रो स्थानमा छ । तीन खेलमा सात विकेट लिएका सन्दीपले मंगलबारको खेलमा एक विकेट लिए ।बंगलादेश प्रिमियर लिग खेल्नका लागि उनी बिग बास लिग बिचमै छोडेर बंगलादेशका तर्फ लागेका हुन् । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नर कप्तान रहेको टिम स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग ९ बिपिएल ० क्रिकेटमा सन्दीपले खेल्ने छन् । जनवरी पाँचदेखि सुरु हुने बिपिएलमा सन्दीपको टिमले जनवरी ६ मा तमिम इक्बालको कप्तानीमा रहेको टिम कोमिल्ला भिक्टोरिएन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीपले ट्वीट गरेर आफू बंगलादेश प्रस्थान गरेको जानकारी दिएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।