श्यामसुन्दर गिरी, ३० डिसेम्बर,सिड्नी ।
गत सेप्टेम्बर १० तारीख दिन देखी सिड्नीको रकडेल स्थित आफ्नै निबास देखि हराएका ४७ बर्षिया नेपाली रामचन्द्र खड्का चार महिना हुनै लाग्दा सम्म उनको खबर सार्बजनिक हुन सकिरहेको छैन।तीन छोरा र श्रीमती रहेका खड्काले सोहि दिन रकडेलमा नै नयाँ रेस्टुरेण्ट शुभारम्भ गरेका थिए । बिहान देखि २५ बर्षका जेठा छोरा र श्रीमती शोभा सहित रेष्टुरेण्टको काममा ब्यस्त भएका खड्का करिब २ बजे तिर अचनाक हल्का सन्चो नभएको भन्दै घर गएर आराम गर्ने भन्दै रेष्टुरेण्ट बाट निस्केका थिए ।
बिहान देखी नयाँ रेष्टुरेण्टको ओपनिङमा ब्यस्त बनेका खड्कालाई शोभाले खाना खाएर जानुस् र आराम गर्नुस् भन्दै पटक पटक आग्रह गरिन् तर रामचन्द्रले उनको आग्रहलाई स्विकारेनन् र खाना नखान घर गए शोभा बताउछिन् ।
घर गएर केहि बेरमा रकडेलको बेस्टिक स्ट्रिट ( घर नजिकको ) पेट्रोल स्टेसनमा गई २ वटा रेडबुल किनेर त्यहा बाट नै ट्याक्सी चढी बोन्डी बिच गएको र त्यहा पनि एक पसलमा ७५ डलर बराबरको पेय पदार्थ किनेपछि कता गए के गरे भन्ने बारे डेढ महिना बितिसक्दा पनि अत्तोपत्तो हुन सकेको छैन ।
खड्काले प्रयोग गर्ने मोबाईल घरमै छोडेर निस्केकाले उनको खोजी गर्न कठिन भएको सहज अनुमान गर्न सकिन्छ । उनले प्रयोग गरेको बिजनेस बैक कार्डका आधारमा एनएसडब्लु प्रहरीले रेडबुल किनेको,सोहि कार्ड प्रयोग गरेर बोन्डी गएको र त्यहा सामान किनेको प्रमाण जुटेको हो ।
नयाँ रेष्टुरेण्ट सुरु गरेकै दिन त्यसरी परिवारको मुख्य अभिभाबक हराउनुले खड्का परिवारलाई जहाज डुबे सरह भो,ब्यापार ब्यबसायको चिन्ताले भन्दा अभिभाबकको बेखरले तनाबै तनाबमा रहेका शोभाले प्रहरीलाई गुहारिन् तर आजका दिन सम्म केहि खबर नआएको शोभा बताउछिन् ।
उनले रामचन्द्र हराएकै केहि दिनमै सिड्नीका पुराना एक पत्रकारलाई घरैमा बोलाएर समस्या राख्दा समेत कहि कतै बाट समाचार सम्प्रेषणमा सहयोग नपाएको गुनासो समेत गरेकी छिन् । यस लगत्तै उनले एनआरएनएन अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका रकडेकलै ब्यापारी नन्द गुरुङलाई समेत पटक पटक भन्दा समेत आश्वासन बाहेक केहि सहयोग नपाएको बताउछिन् ।
शोभाले नेपाल एम्बेसी र जनरल कन्सलट दिपक खड्का समेतलाई जानकारी गराउदा कहि कतै बाट सहयोग पाउन सकेकि छैनन् ।
पछिल्लो समय अष्ट्रेलियामा यस्ता खाले घटनाहरु दिन प्रतिदिन बढ्दो छ । समुदायको हितका लागि भन्दै स्थापित संघ-सस्थाहरुले भने परेको बेला काम गर्न नसकेको र राजनिति गर्नकै लागि संस्था खोलिएको सर्बसाधारण बताउछन् ।