एनआरएन अष्ट्रेलियाको दादागिरि,पत्रकार माथि हातपात

२६ नोभेम्बर सिड्नी ।
एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हात पात भएको छ ।

फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका नारायण काफ्लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैन्स भन्दै स्टेज अगाडी रहेका काफ्लेलाई अमानबिय रुपमा बाहिर निकालेका हुन् ।

महोत्सबमा मिडियाका लागि प्रेस पासको समेत ब्यबस्था नहुदा मिडियाकर्मीलाई मिडिया क्षेत्रमा आवात जावात गर्न समेत समस्या परेको थियो । नन्द गुरुङको संयोजक्त्वमा आयोजित महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थित रहे पनि ब्यबस्थापनमा अहिले सम्मकै सर्बाधिक कमिकमजोरि देखियो ।

कलाकार छनौट देखि ब्यबस्थापनमा समेत आलोचना सहनु परेको गुरुङले महोत्सब पश्च्यात धन्यबाद दिने कार्यक्रममा समेत मिडियालाई वास्ता गरेनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।