६ पुष,काठमाण्डौ ।
संसद बिघटन भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कुर्सी र पदको मोहमा देशलाई हेला गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने चेतावनी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले जनताको मतको कदर नगर्ने नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।






