संसद् विघटनपछि पूर्वराजाले दिए नेताहरुलाई चेतावनी

६ पुष,काठमाण्डौ ।
संसद बिघटन भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कुर्सी र पदको मोहमा देशलाई हेला गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने चेतावनी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले जनताको मतको कदर नगर्ने नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।