असार ८ |
नेपाली राजनीतिका ठेकेदारहरु सत्तालाई आफ्नो वरिपरि घुमाउन जे पनि गर्न तयार हुने गरेका छन् । खासगरी साउथ ब्लकको निर्देशनमा सत्ता शासनमा पकड जमाउन राजनीतिक मोर्चा बन्दी गरेर फेबीकल झै टाँसिन मन पराउँछन् ।गुट, फुट र चौतर्फी लुट गर्नेहरु शासनलाई आफू अनुकुल डोर्याउन अब राजनीतिमा थाकेकाहरुलाई समेत समेट्न खोजेका हुन् ।
फुटेका, खिइएका नेता र दलहरुलाई सत्ता बजारमा पुरानो रक्सीमा नयाँ लेबल टाँसे झै ठूला पार्टी कांग्रेस र एमालेलाई दवावमा राख्न टक्कर दिन र घुर्की लगाउन नयाँ मोर्चा “समाजवादी मोर्चा” गठन गरेर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाल अध्यक्ष केपी शर्मा ओलीलाई थकाउँदै उनीहरुको निद्रा हराम गरेको प्रष्ट देखिन्छ ।
अहिले माओवादी केन्द्र, एकीकत समाजवादी, जसपा, विप्लव र माओवादी त्यागेर फरक लेवल लगाएका डा. बाबुराम भट्टराई जस्ता नेताहरु मोर्चा बन्दीमा आउट भएका छन् ।
भएका दललाई राम्ररी संचालन गर्न नसक्नेले संसदीय राजनीतिमा वर्चश्व कायम राख्न जसपालाई पनि यसमा सामेल गरिए तराईमा आफ्नो प्रभाव पर्ने मनसाय बोकेर अघि बढेका छन् ।
चारतिर फर्केका, थाकेका र फुटेकाहरु बलियो संरचना बनाएर जुट्न खोज्नु नौलो होइन । तर, टिकाउ रुपमा रहन नसक्ने यी दलहरुको एकता सत्तामा जान, सत्तामा रही रहन र सत्ताको खेल खेल्न मात्र कन्द्रित हुँदा जनताले पत्याउन नसकेको हो ।
पत्याएका दल जो आफूलाई ठूला दल चुन्दछन् उनीहरु पनि घोषणा पत्र अनुसार काम नगर्ने अर्काे तर्फ पद प्राप्त गर्न आ–आफैमा हानाथाप गर्दै जानुले समस्या बुल्झेको पाईन्छ ।
वैकल्पिक शक्तिको रुपमा प्रस्तुत हुँदै कांग्रेस र एमालेलाई टक्कर दिन राजनीतिक जुगाडको प्रयास हुन लागेको हो ।
प्रचण्डको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी दलले बैठक गरेर समाजवादी मोर्चा बनाउने सहमति गरेको थियो । यी मोर्चाका नेताहरुले न्यूनतम सहमति गरेर साझा कार्यक्रम पनि तय गरेका थिए ।
भविष्यमा एकता समेत हुने गरी मोर्चा बनाउन लागिएको बताइएको छ । मोर्चासँग संसदका ५४ सांसदहरु हुनेछन् ।
प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १०, जसपाका १२ गरी ५४ पुग्ने छ । कांग्रेसको प्रतिनिधिसभामा ८९, एमालको ७८ सांसद छन् ।
मोर्चाको नेतृत्व आलोपालो गर्ने बुझिएको छ । यता मोर्चाबाट आत्तिएका के.पी. शर्मा ओलीले समाजवादी मोर्चाका औचित्य नभएको बताउनु भएको छ ।
ओलीले सरकारमा सामेल कांग्रेसलाई तर्साउन प्रचण्डले मोर्चा बनाउन लागेको बताउनु भयो । आलीले प्रचण्ड हामीसँग मुकाविला गर्ने अर्काे कांग्रेस तर्साउने नीति अनुसार मोर्चा बनाएर मोर्चाबन्दी गर्न खोजिएको रहस्योद्घाटन गर्नु भयो ।
प्रचण्डले विभिन्न दलसँग गठबन्धन गरी मोर्चा बनाएर सरकार गठन गरेको अवस्थामा फेरि अकोे मोर्चा खडा गर्नु अर्थहिन भएको कुरा प्रचण्डबाट छुट्टिएर गएका पूर्व माआवादी नेता प्रभू साहले बताउनु भएको छ ।
यस्तो मोर्चा मार्फत जनतालाई दिन भ्रमित पार्ने कार्य भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । यता कांग्रेस र एमाले मिलेर सहकार्य गर्न सक्ने आंकलन प्रचण्डले गरिरहँदा यस्तो मोर्चा बनाउन उनी तम्सेको होलान् ।
कांग्रेस ८९ र एमाले ७९ सिट संख्या प्रतिनिधिसभामा रहेको अवस्थामा यी दुई दल मिलेर सरकार बनाउँदा कुनै पनि दलको आवश्यकता सरकार बनाउन पर्दैन ।
एमालेका ओली र कांग्रेसका देउवा दुवैबीच यता केही दिनदेखि टेलिफोन सम्वाद बढेदै गएपछि माधव नेपाल सशंक्रित बनेका छन् ।
राजनीतिमा स्थायी शत्रु र मित्रता नहुने हुँदा यसतर्फ विचार प¥याउँदै आ–आफ्नो सिट सुरक्षित पार्न मोर्चामा लाग्नेहरु मोर्चाबन्दी गर्न तम्सिएका छन् । अपूर्ण साप्ताहिकका साथमा ।