बलिउड अभिनेता सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

११ असार,काठमाण्डौ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्बजनिक भएको छ । उनले जुन १४ तारिखका दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । आफन्तले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने माग गरिरहेका बेला मृत्यु भएको ११ दिनपछि अस्पतालले पोष्ट मार्टमको रिपोर्ट सार्बजनिक गरेको हो ।सार्वजनिक रिपोर्टमा उनको मृत्यु झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको भारतीत संचारमाध्यमले जनाएका छन् । फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको निधनमा छेडखानी भएको छैन । सुशान्तको निधन पश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ ।

प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ । यस्तै, प्रहरीले यशराज ब्यानरसँग सुशान्तसँग चलचित्रका लागि भएको संझौताको कागजपत्र पनि मागिसकेको छ । राजपुतको निधनमा धेरै नेपालीले समेत सहानुभती जनाएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।