११ असार,काठमाण्डौ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्बजनिक भएको छ । उनले जुन १४ तारिखका दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । आफन्तले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने माग गरिरहेका बेला मृत्यु भएको ११ दिनपछि अस्पतालले पोष्ट मार्टमको रिपोर्ट सार्बजनिक गरेको हो ।
सार्वजनिक रिपोर्टमा उनको मृत्यु झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको भारतीत संचारमाध्यमले जनाएका छन् । फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको निधनमा छेडखानी भएको छैन । सुशान्तको निधन पश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ ।
प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ । यस्तै, प्रहरीले यशराज ब्यानरसँग सुशान्तसँग चलचित्रका लागि भएको संझौताको कागजपत्र पनि मागिसकेको छ । राजपुतको निधनमा धेरै नेपालीले समेत सहानुभती जनाएका थिए ।








