भारतीय ह्याकरद्वारा उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

११ जेठ,काठमाण्डौ ।
नेपालमा उडान तथा बिमानको सबै हेर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आधिकारिक वेवसाईट भारतीय ह्याकरले ह्याक गरेको छ ।’घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ । ह्याकरले फिल द पावर अफ इन्डियन ह्याकरस लेखेको छ भने ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको छ ।ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो । तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।