नेपालमा कोरोना संक्रमित बढ्दै,पुग्यो ५२

१५ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार संक्रमित संख्या ५२ पुगेको छ । झापामा आइतबार राती थप एक जनामा कोरोना भाइरस पुष्टी भएको हो ।झापामा यसअघि पनि एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने त्यसमा १६ जना निको भएर घर फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।