१५ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार संक्रमित संख्या ५२ पुगेको छ । झापामा आइतबार राती थप एक जनामा कोरोना भाइरस पुष्टी भएको हो ।झापामा यसअघि पनि एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने त्यसमा १६ जना निको भएर घर फर्किएका छन् ।






