१२ बैशाख,काठमाण्डौ ।
नेपाल सरकारले थप गरेको लकडाउनको दोस्रो मिति यहि सोमबार सकिदैछ । लकडाउनको मिति सकिदै गर्दा लकडाउन खुल्छ की भन्ने आसा आम सर्बसाधारणमा परेको छ । यद्दपी सरकारका प्रबक्ताको भनाईको हिसाबले लकडाउन खुल्ने संकेत देखिएको छैन । सरकारका प्रबक्ता तथा सुचना तथा सञ्चार र अर्थमन्त्री युबराज खतिवडाले नेपालको लकडाउन खोल्ने सन्दर्भमा छिमेकी मुलुकका कोरोनाभाइरसको अबस्थामा भर पर्ने बताएका छन् ।
विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने सरकारले बताएको हो । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर मात्र लक डाउन खोल्ने,नखोल्ने विषयमा निर्णय हुने खतिवडाले बताए ।
लक डाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको समेत बताए ।







