नेपालमा लकडाउन खुल्नमा भारतको भर पर्ने

१२ बैशाख,काठमाण्डौ ।
नेपाल सरकारले थप गरेको लकडाउनको दोस्रो मिति यहि सोमबार सकिदैछ । लकडाउनको मिति सकिदै गर्दा लकडाउन खुल्छ की भन्ने आसा आम सर्बसाधारणमा परेको छ । यद्दपी सरकारका प्रबक्ताको भनाईको हिसाबले लकडाउन खुल्ने संकेत देखिएको छैन । सरकारका प्रबक्ता तथा सुचना तथा सञ्चार र अर्थमन्त्री युबराज खतिवडाले नेपालको लकडाउन खोल्ने सन्दर्भमा छिमेकी मुलुकका कोरोनाभाइरसको अबस्थामा भर पर्ने बताएका छन् ।विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने सरकारले बताएको हो । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर मात्र लक डाउन खोल्ने,नखोल्ने विषयमा निर्णय हुने खतिवडाले बताए ।

लक डाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको समेत बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।