६ वैशाख, काठमाडौं ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुदै कतार एयरवेजबाट काठमाण्डौ आएकी कोरोना संक्रमित प्रसिद्दि श्रेष्ठ २७ दिनको उपचार पछि शनिबार निको भएर घर फर्किएकी छिन् । उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । यस अघि एक जना डिस्चार्ज भएका थिए ।
उनी संगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमित धौलागिरि अस्पतालमा उपचाररत छन् ।गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिले देशभर २८ जना संक्रमित उपचाररत छन् ।






