दोस्रो कोरोना संक्रमित युवती निको भईन्

६ वैशाख, काठमाडौं ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुदै कतार एयरवेजबाट काठमाण्डौ आएकी कोरोना संक्रमित प्रसिद्दि श्रेष्ठ २७ दिनको उपचार पछि शनिबार निको भएर घर फर्किएकी छिन् । उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । यस अघि एक जना डिस्चार्ज भएका थिए ।उनी संगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमित धौलागिरि अस्पतालमा उपचाररत छन् ।गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिले देशभर २८ जना संक्रमित उपचाररत छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।