२२ फागुन,काठमाण्डौ ।
मिस वर्ल्ड २०१९ की बिजेता टोनी एन सिंह र मिस वर्ल्ड आयोजक संस्थाकी प्रमुख जुलिया मार्ले र निर्देशक स्भि डग्ल समेत नेपाल आएका छन् ।बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् ।
उनी तीन दिनको कार्य तालिका मिलाएर नेपाल आएकी हुन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् ।मिस वर्ल्ड २०२० को फिनाले नेपालमा आयोजना गर्ने सम्बन्धमा समेत यसपटक छलफल हुने भएको छ । हिडन ट्रेजर र मिस वर्ल्ड आयोजक संस्थाले आगामी मिस वर्ल्डको बारे छलफल गर्ने र नेपालको अबस्था बुझ्न समेत उनीहरु नेपाल आएका हुन् ।







