मिस वर्ल्ड टोनी नेपालमा

२२ फागुन,काठमाण्डौ ।
मिस वर्ल्ड २०१९ की बिजेता टोनी एन सिंह र मिस वर्ल्ड आयोजक संस्थाकी प्रमुख जुलिया मार्ले र निर्देशक स्भि डग्ल समेत नेपाल आएका छन् ।बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् ।उनी तीन दिनको कार्य तालिका मिलाएर नेपाल आएकी हुन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् ।मिस वर्ल्ड २०२० को फिनाले नेपालमा आयोजना गर्ने सम्बन्धमा समेत यसपटक छलफल हुने भएको छ । हिडन ट्रेजर र मिस वर्ल्ड आयोजक संस्थाले आगामी मिस वर्ल्डको बारे छलफल गर्ने र नेपालको अबस्था बुझ्न समेत उनीहरु नेपाल आएका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।