भारतद्धारा न्युजिल्याण्ड पराजित

४ मंसिर, काठमाडौं ।
पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ । लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।