रग्बीमा मकवानपुरको दुवै टोली फाइनलमा

हेटौंडा, जेठ १३– मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्पm चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिला मकवानपुरले चितवनलाई ४९–० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा मनीषा घिसिङ एक्लैले पाँच ट्राइ गरिन् । पुष्पा खड्का तीन ट्राइ र सृसा लोप्चन एक ट्राइ गर्न सफल भए ।

पुरुषमा भने मकवानपुरले रामेछापमाथि २५–० ले हराउँदा विशेक बछार, सुजन लोप्चन, विक्रम भारती र अभि राईले समान एक ट्राइ गरे ।

महिलाकै अर्को सेमिफाइनलमा ललितपुरले काठमाडौंमाथि ७–० स्कोरको जित निकाल्दै मकवानपुरसँगको भेट पक्का ग¥यो ।

पुस्तिका वाग्लेले एक ट्राइ र एक कनभर्जन किक प्रहार गरिन् । पुरुषकै अर्को सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९–० स्कोरले हरायो ।

भक्तपुरका लागि गणेश बानियाले तीन ट्राइ, सुरज रानाले दुई ट्राई र नीरज कार्कीले दुई कनभर्जन किक प्रहार गरे । पुरुषतर्पm आठ जिल्ला र महिलामा पाँच जिल्लाले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुषको फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा शनिबार नै हुनेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।