पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित

जेठ ३२ बिहीबार |
माल्दिभ्समा सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालमाथि भूटानले पहिलो क्वार्टरमा २१–१३ को अग्रता बनाएको थियो । सुरुमै ८ अङ्कले पछि परेको नेपालले त्यसपछिको दोस्रो क्वार्टरमामा पुनरागमन गर्ने प्रयास ग¥यो । नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वार्टरमा १३–१२ को अग्रता बनाउएको थियो । तर चौथो तथा निर्णायक क्वार्टरमा नेपाल र भूटानले समान १३ अङ्क जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो ।

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बङ्गलादेश, भूटान र पाकिस्तान छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।