महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

जेठ १० बुधबार | (रासस)
काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै समूहबीको विजेता बनेको हो ।

यस्तै, पराजित उज्वेकिस्तान पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।उज्वेकिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेट २४–२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो ।काजकिस्तानले पछिल्लो तीन सेट २५–१६,२५–११ र २५–१८ ले जित्यो ।यस जितसँगै काजकिस्तान ३ खेलमा ९ अङ्क जोड्दै समूह ‘बी’को विजेता बनेको हो ।

पराजित उज्वेकिस्तान समान तीन खेलमा दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ उपविजेता बन्यो ।यस समूहबाट श्रीलङ्का र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।