४ मंसिर, काठमाडौं ।
पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ । लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो ।
भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।







