४ साउन,काठमाण्डौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार राती संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै ट्विट गर्दै बधाई दिएका थिए । मोदीले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी बधाई दिदै कोरोनाभाईरसको बिरुद्दको खोप उपलब्ध गराउने प्रतिबद्दता गरेका छन् ।
टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ । टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिईन् । भारतलाई अग्रिम भुक्तानी दिँदा समेत नेपाललाई खोप दिएको छैन । जसका कारण १४ लाख बढी नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।






