बधाई पछि नरेन्द्र मोदीले गरे देउवालाई फोन, खोप दिने प्रतिबद्दता

४ साउन,काठमाण्डौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार राती संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै ट्विट गर्दै बधाई दिएका थिए । मोदीले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी बधाई दिदै कोरोनाभाईरसको बिरुद्दको खोप उपलब्ध गराउने प्रतिबद्दता गरेका छन् ।टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ । टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिईन् । भारतलाई अग्रिम भुक्तानी दिँदा समेत नेपाललाई खोप दिएको छैन । जसका कारण १४ लाख बढी नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।