१ जेठ,सिड्नी ।
चितवन समाज अष्ट्रेलियाले चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई शुक्रबार १० थान अक्सिजन सहितको सिलिण्डर हस्ताण्तरण गरेको छ । चितवन सहित देशभर कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्ट दिन प्रति दिन फैलिरहेको अबस्थामा चितवनमा समेत अक्सिनको अभाब रहेकाले समाजले अक्सिनजको अभाबमा कसैले मृत्यु बरण गर्न नपरोस् भन्ने उद्देश्यले
अक्सिजन हस्ताण्तरण गरेको हो ।समाजले ओमसञ्जीवनी अक्सिजन सप्लायर्स संग सहकार्य गरी सिलिण्डरको ब्यबस्था गरेको हो । अक्सिन सिलिण्डर भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको हो ।
सो अबसरमा अधिकारीले अस्पताललाई थप सहयोगको आसा सहित धन्यबाद दिएका छन् ।अक्सिन सिलिण्डर हस्ताण्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, सल्लाहाकार तिलकराम रिमाल लगायतको उपस्थिति रहेको थियो ।








