आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।