काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनाएको छ ।









