काठमाडौं आइपुगे आमिर खान, बूढानीलकण्ठमा ध्यान गर्ने

वैशाख २४
भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे ।एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ ।

बलिउडमा आमिरको फरक छाप र छवि छ । उनले कैयौँ हिट फिल्म खेलेका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।