पाकिस्तानसंग न्यूजिल्याण्ड पाँच विकेटले पराजित

बैशाख १५
एजेन्सी : पाकिस्तानले एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सहजै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि फखर जमानले १३ चौका र एक छक्का प्रहार गर्दै नवौं शतक पूरा गरे। उनलाई इमाम उल हक र बाबर आजमले साथ दिए । उनीहरुले क्रमशस् ६० र ४९ रन बनाए ।

जमानले आफ्नो इनिङ्सका लागि म्यान अफ द म्याचको अवार्ड पाए भने बाबर आजमले पनि यही इनिङ्सका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरे।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।