फाल्गुण २६ शुक्रबार |
पपुवा न्युगिनीका ओपनर हिरि हिरि र सेसे बाउले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध इतिहास रचेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । सेसे बाउ ६० बलमा ७ चौकासहित ५१ र चाल्र्स अमिनी एक रनमा क्रिजमा छन् ।
ओपनर हिरि हिरि ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनमा बोल्ड आउट भए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका हिरि आयन खानको बलमा बोल्ड आउट भए ।
यसअघि तल्लोक्रममा खेल्ने हिरिलाई पिएनजीले टोनी उराको स्थानमा ओपनिङ गराएको थियो । त्यो अवसरलाई भरपूर्ण फाइदा उठाउँदै उत्कृष्ट ब्याटिङ गरे ।
आयन खानले कप्तान असद भालालाई शून्यमा बोल्ड गर्दै ह्याटिक नजिक पुगेका थिए ।दोस्रो विकेटका लागि हिरि र सेसे बाउले १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी पिएनजीको ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि उच्च साझेदारी नेपालविरुद्ध गतवर्ष चौथो विकेटका लागि लेगा सियाका र सेसे बाउले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।
पिएनजीबाट ओडिआईमा तेस्रो पटक मात्रै शतकीय साझेदारी बनेको हो । गतवर्ष घरेलु टोली नामिबियाविरुद्ध टोनी उरा र किप्लिङ डोरिगाले पहिलो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।
पिएनजीलाई ओपनर किप्लिङ डोरिगा र हिरिले १०.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा आयन खानको बलमा ५५ रनमा एलबीडब्लू आउट भए । डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । युएईको ३२ खेलमा ३१ अंक छ ।
शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । हाम्रो खेलकुदबाट ।