लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

फाल्गुण २४ बुधबार | RSS
नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो ।प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पा¥यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिनुभयो ।

उपाधि बिजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरुलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न सङ्घीय सरकारले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका प्रभावकारी रहेको उहाँको भनाइ छ ।

पालिकास्तरीय प्रतिस्पर्धाबाट छानिएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्दै अब जिल्ला खेलकुद विकास समितिको तर्फबाट बागमति प्रदेसस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।