१७ फाल्गुण,काठमाण्डौ ।
सर्वोच्च अदालतले विदेश जान अनुमति आदेश दिए सँगै नेपाल क्रिकेट क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई तर्फ लागेका छन् ।
नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने क्यानले जनाएको छ । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
क्यानका पदाधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।








