नेपालले आज भुटानसँग खेल्दै

२२ माघ,काठमाण्डौ ।
बंगलादेशमा जारी साफ यू२० महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजेपछि ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो ।

आज नै भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ ।प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भुटानसँगको खेलपछि नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।यू–२० महिला टोली
कविता विक, सावित्री किसान, लिला जोशी, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ, तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई ९कप्तान०, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही, गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।