नेपाल आँउदै बलिउड आइटम गर्ल मलाइका आरोरा

काठमाडौं – बलिउड आइटम गर्ल मलाइका अरोरा काठमाडौं आउने भएकी छन् । पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नका लागि काठमाडौं आउने भएकी हुन् ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।

बलिउडकै फेसन क्विनका रुपमा परिचय बनाएकी मलाइकाको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । फेसन रनवेमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।

अर्जुन कपुरसँगको प्रेम सम्बन्धले चर्चामा रहेकी मलाइका केही दिन पहिले पूर्व पतिसँग डिनरका लागिसँगै गएपछि थप चर्चामा आएकी थिइन् । यसो त मलाइकाले अब छिट्टै अर्जुन कपुरसँग बिहे गर्न लागेको खबर पनि बाहिर आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।