कतारमा फुटबललको रिपोर्टिङ गर्दा-गर्दै पत्रकारको निधन

२४ मंसिर, एजेन्सी ।
कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सकरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय भने अनलाइन प्लेटफर्म ुसबस्ट्याकु मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।