फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी

२१ मंसिर,काठमाण्डौ ।
फा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो । यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।
यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो । स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो ।

यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले हराएको देखिन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई र ब्राजिलले पोर्चुगललाई हराएको छ ।फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नेछन् ।

सिमुलेसन गरिएको प्रतियोगितामा मेस्सीले ७ खेलमा ८ गोल गरेको देखिएको छ । यस्तै सिमुलेसन अनुसार टिम अफ द टुर्नामेन्टमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, मार्कस अकुना, लिआन्द्रो पारेडेस र रोड्रीगो डे पल छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।