चिनियाँ रक्षामन्त्री र दक्षिण अफ्रिकाका सेना प्रमुखबीच भेटवार्ता

असार ७ बिहीबार | (रासस/सिन्ह्वा)
बेइजिङ, ७ असार : चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गर्नुभएको छ ।लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई गहिरो बनाउन, संयन्त्रको निर्माणमा सुधार गर्न, सेनाबीचको गहिरो र मूर्त सहयोग आदानप्रदानलाई अगाडि बढाउन सच्छुक रहेको बताउनुभएको छ ।

त्यसैगरी साझा सुरक्षा चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न पनि चीन इच्छुक रहेको उहाँले बताउनुभएको छ ।

माफवान्याले चिनियाँ पक्षसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग आदानप्रदान गर्न र त्यसलाई निरन्तरता दिन, सेनाबीचको सम्बन्ध सुधार गर्न र संयुक्तरूपमा योगदान गर्न इच्छुक रहेको बताउनु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।