इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

जेठ २३ मंगलबार | रासस /सिन्ह्वा
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ ।गत शनिबार सिनाई मरुभूमिको सीमामा भएको घातक गोलीबारीमा तीन जना इजरायली सैनिक र इजिप्टका एक जना प्रहरीको मृत्युपछि आज दुई देशका नेताबीच भएको वार्तामा दुवै पक्षले सीमा सुरक्षाका विषयमा आपसमा समन्वय गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।

घटनाप्रति दुवै पक्षले गहिरो समवेदना व्यक्त गर्दै पारस्परिक सुरक्षा सहयोगलाई थप सुदृढ पार्ने तथा शान्ति कायम गर्न उहाँहरूले सहमति जनाउनुभएको प्रधानमन्त्री नेतान्याहुको कार्यालयले जनाएको छ भने इजिप्टको राष्ट्रपति कार्यालयका प्रवक्ता अहमद फाहमीका अनुसार द्विपक्षीय सम्बन्धमा प्रतिकूल प्रभावन पार्ने गतिविधि हुन नदिन पारस्परिक समन्वयलाई जारी राख्न दुवै पक्षले इच्छा व्यक्त गरेका थिए ।

इजिप्टका सुरक्षाकर्मीले इजरायलको सीमा नजिक लागूऔषध तस्करहरूलाई लखेटिरहेका बेला भएको गोली हानाहानमा तीन इजरायली सैनिक र इजिप्टको सुरक्षा बलका एक जना सदस्यको मृत्यु भएको इजिप्टको सेनाले बताएको छ ।

सन् १९७९ मा दुई पक्षबीच भएको शान्ति सम्झौताअन्तर्गत दुवै देशले घनिष्ठ सुरक्षा सम्बन्ध कायम गरेकाले इजरायल–इजिप्ट सीमामा यस्ता भिडन्त विरलै हुने गरेका छन् ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।