वान डे सिरिज : नेपालले क्यानडाको सामना गर्ने

२१ असार,काठमाण्डौ ।
पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दैछ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्न लागेको हो ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।